
जनकपुरमा हुने ‘समाजवाद र यसका सान्दर्भिकता' विषयक विचार गोष्ठीमा नेपाल र भारतका मार्क्सवादी चिन्तकहरू सहभागी हुने

मार्क्सको सम्झनामा विश्वभरिका मार्क्सवादीहरूले विशेष कार्यक्रमका साथ मार्क्सको २००औँ जन्म दिवस मनाउने निर्णय गरेका छन् । नेपालमा पनि यसलाई विशेष कार्यक्रमका साथ मनाउने निर्णय भएअनुसार मार्क्सवादी लेखक तथा चिन्तक रोशन जनकपुरीको संयोजकत्वमा गठित ‘महान् अक्टोबर क्रान्ति शतवार्षिकी आयोजक संयोजन समिति’ को आयोजनामा ‘समाजवाद र यसको सान्दर्भिकता’ विषयक विचार गोष्ठी हुने भएको छ ।
सो आयोजक समितिको माघ २० गते जनकपुरमा बसेको बैठकको निर्णयअनुसार यही फागुन ३० गते (मार्च १४) का दिन जनकपुरमा सो विचारगोष्ठीको आयोजना गरिनेछ । सो विचार गोष्ठीमा मार्क्सवादका क्षेत्रमा क्रियाशील जनकपुरका साथै काठमाडौँबाट मार्क्सवादी चिन्तक डा. ऋषिराज बराल र भारतबाट भारतीय कम्युनिस्ट पार्टी (माले) का पोलिटब्युरो सदस्य धीरेन्द्र झा लगायतका बुद्धिजीवीहरू पनि सहभागिता हुने कुरा आयोजक समितिले जनाएको छ ।
भिडियो फिचरview all