
नेकपा-बिप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

यसैबीच खुल्ला जनसभालाई सम्बोधन गर्न गैरहेको बेला आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको प्रति नेकपा-बिप्लवका पूर्वी कमाण्ड इन्चार्ज ‘विरही’ले आपत्ती जनाउदै बिनासर्त रिहाइको माग गरेका छन् ।
खुला र वैधानिक किसिमको कार्यक्रमप्रति सरकारले गरेको व्यवहारको अहिले सर्बत्र निन्दा भएको छ । ओली प्रधानमन्त्री हुनेबित्तिकै देखाइएको व्यवहारले ओली सरकार कुन बाटो हिंड्न खोज्दैछ भन्ने कुराको संकेत गर्छ l सरकारले नेकपा-बिप्लवमाथि कुनै पनि किसिमको प्रतिबन्ध नलगाएको अवस्थामा खुला कार्यक्रममाथि हस्तक्षेप र धरपकड गर्नुले ओली सरकारले आगामी दिनमा गर्ने राजनीतिक अभ्यासलाई नै इंगित गर्छ । हामी ओली सरकारको यस किसिमको व्यवहारको घोर निन्दा तथा भ्रत्सना गर्छौं र कमरेड सुदर्शनसहितका कमरेडहरूको अबिलम्ब रिहाइको माग गर्छौं
भिडियो फिचरview all