 ताजा समाचार
ताजा समाचारमाओवादीहरूद्वारा सिरियामाथि अमेरिकी आक्रमण विरुद्ध एकजुट हुन आव्हान
 अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियामाथि भएको आक्रमणको चौतर्फीरूपमा निन्दा तथा भ्रत्र्सना भएको छ । यस क्रममा नेपाललगायत विश्वका माओवादी पार्टीहरू तथा समूहहरूले सिरिया अन्तर्साम्राज्यवादी चेपुवामा परेको र अमेरिकी साम्राज्यवादले सहयोग र समर्थन गर्दै आएको कथित विद्रोही समूह पराजित हुँदै गएपछि अमेरिकी साम्राज्यवाद खुलेर सामुन्ने आएको भन्दै अमेरिकी साम्राज्यवादको अगुवाइमा ब्रिटेन, फ्रान्ससमेतले गरेको सिरियामाथिको आक्रमणको घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।
अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियामाथि भएको आक्रमणको चौतर्फीरूपमा निन्दा तथा भ्रत्र्सना भएको छ । यस क्रममा नेपाललगायत विश्वका माओवादी पार्टीहरू तथा समूहहरूले सिरिया अन्तर्साम्राज्यवादी चेपुवामा परेको र अमेरिकी साम्राज्यवादले सहयोग र समर्थन गर्दै आएको कथित विद्रोही समूह पराजित हुँदै गएपछि अमेरिकी साम्राज्यवाद खुलेर सामुन्ने आएको भन्दै अमेरिकी साम्राज्यवादको अगुवाइमा ब्रिटेन, फ्रान्ससमेतले गरेको सिरियामाथिको आक्रमणको घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।कम्युनिस्ट न्युक्लिअस, नेपाल
आफ्नो इच्छाअनुरूप नचल्ने मुलुहरूमाथि एकएकवटा बहाना बनाएर आक्रमण गर्दै आएको अमेरिकी साम्राज्यवादले सिरियाको सरकारले रासायनिक हतियारको प्रयोग गरेको भन्ने बहाना बनाएर सिरियामाथि आक्रमण गरेको छ । नाटो सम्बद्ध फ्रान्स, ब्रिटेनसमेत यसमा सहभागी भए पनि मूलतः यसको नेतृत्व अमेरिकी साम्राज्यवादले गरेको छ ।
अमेरिकाले आफनो चाहनाअनुसारको कठपुतली सरकार सिरियामा स्थापित गर्न अमेरिकापरस्त कथित विद्रोहीलाई हातहतियारलगगायत सबै कुराले सहयोग गर्दा पनि केही नलागेपछि अहिले अमेरिकी साम्राज्यवाद खुलेर सामुन्नेमा आएको छ र नाटोको सैन्य शक्तिमार्फत आक्रमण गरको छ । यताका दिनमा आफ्नो खँस्कदो स्थितिलाई ढाकछोप गर्न र अझै अमेरिका विश्वको महाशक्ति हो भनेर सामाजिक साम्राज्यवादी मुलुकहरूका रूपमा विश्वमा नयाँ प्रभुत्व कायम गर्न लागेका रूस तथा चीनलाई चुनौती दिन पनि अमेरिकाले सिरियामाथि आक्रमण गरेको कुरा स्वतः सिद्ध छ ।
अहिले सिरिया अन्तर्साम्राज्यवादी स्वार्थको सिकार बनेको छ । कम्युनिस्ट न्युक्अिस, नेपाल सिरियामाथि आफ्नो पकड कायम गर्न प्रयत्नरत सबै खाले अन्तर्साम्राज्यवादी क्रियाकलापको विरोध गर्छ । सिरियाको सन्दर्भ अन्तरसाम्राज्यवादी प्रतिस्पर्धाको उपज भएको कुरामा विवाद नभए पनि अहिले अमेरिकाको नेतृत्वमा फ्रान्स, ब्रिटेन समेतको संयुक्त अगुवाइमा भएको सिरियामाथिको आक्रमण घोर निन्दनीय छ र अमेरिकी आतंकवादको सामूहिक र सशक्त विरोध गर्नु आवश्यक छ । नेपाल तथा विश्वका साम्राज्यवाद विरोधी शक्तिहरू, त्यसमा पनि अमेरिकी साम्राज्यवादका विरुद्ध एक जुट हुन कम्युनिस्ट न्युक्लिअस नेपाल आह्वान तथा अनुरोध गर्छ ।
माओवादी पार्टी, इटाली
‘सिरिया : बलेको आगोमा थप घिउ' शीर्षकमा मओवादी पार्टी इटालीले भनेको छ :
दमस्कसमाथि अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको बमबारी सिरियामाथि साम्राज्यवादी आक्रकमणको अर्को चरण हो र यस क्षेत्रमा अन्तरसाम्राज्यवादी अन्तर्विरोध खास गरेर अमेरिकी साम्राज्यवादको रूस र चीनसितको अन्तर्विरोत्र तीव्र बन्नुको परिणाम हो । यसले आम जनतामा विपत र विनाश निम्त्याउनु स्वाभाविक छ । सबै खाले साम्राज्यवादीहरू र जनतालाई दासत्व जीवन भोग्न बाध्य पार्ने सरकारहरूलाई लखेट्न साम्राज्यवाद विरोधी जनता एक जुट हुनु आवश्यक छ ।
टिजेन फकेट कम्युनिस्ट लिग, नर्वे
टिजेन फकेट कम्युनिस्ट लिग, नर्वे नामले आफ्ना गतिविधिहरू तथा विचार सम्प्रेषण गर्दै आएको नर्वेको माओवादी समूहले पनि सिरियामाथि अमेरिकी नेतृत्वमा भएको आक्रमणको घोर निन्दा तथा भ्रत्र्सना गर्दै यो क्षेत्र ४० वर्षदेखि साम्राज्यवादीहरूका निजी स्वार्थका कारण आक्रमण र विनाशको क्षेत्र बनेको छ र यसको मूल कारण यसको समारिक तथा आर्थिक स्रोत हो भनेको छ । वक्तव्यमा उसले सिरियालगायत यस क्षेत्रका जनताले भोग्नुपरेको पीडा र आतङ्कको कारण साम्राज्यवादी युद्ध हो र यसको अन्त्य नै यसको समाधान हो भनेको छ :
नाटोले गरोस् अथवा अमेरिकाले कुनै पनि देशमाथिको आक्रमण जनताको विरुद्धमा छ । यस्ता आक्रमणहरू सदैव आर्थिक र राजनीतिक स्वार्थमा आधारित हुन्छन् । ठूला शक्तिहरूले जे-जे बहना बनाए पनि साम्राज्यवादका विरुद्ध लड्नु हाम्रो कर्तब्य हो । नर्वेका जनताको लडाइँ नाटो र अमेरिकी साम्राज्यवादसित साँठगाँठ गर्ने साम्राज्यवादी नर्वेली सरकारका विरुद्ध हो । नर्वेली प्रतिक्रियावादका विरुद्ध लड्ने भनेको साम्राज्यवादको एउटा हिस्सासित लड्ने हो ।
युद्धलाई रोक्न सकिन्छ—तर, साम्यवादद्वारा मात्र । जबसम्म पुँजीवादी साम्राज्यवाद विश्वमा रहिरहन्छ, लडाइँ बन्द हुने स्थिति हुँदैन । साम्राज्यवादले जे-जति नोक्सानी पुर्याए पनि यसले आफ्नै चिहान खन्छ, जस्तो अमेरिकी साम्राज्यवादले इराक र अफगानिस्तानमा आक्रमण गरेर आफ्नो चिहान खनिरहेको छ । यो व्यवस्थाको मुटु पूर्णरूपमा कुहिसकेको छ र अन्ततः यसको अन्त्य हुने छ, र हामी युद्धविहीन संसारमा हुनेछौँ ।
भिडियो फिचरview all
             





