
फासिवादी सरकारद्वारा कुमार पौडेलको हत्या

प्रहरीले मोटरसाइकल, पेस्तोल र दोहोरो भिडन्तको कथा तयार पारे पनि घटना सन्दर्भ र समग्र विवरणले दोहोरो भिडन्त नभएर पौडेललाई पक्राउ गरी हात र टाउकामा गोली ठोकेर हत्या गरिएको कुरा प्रस्ट भएको छ । घटनाको समग्र विवरण अझै प्रस्टताका साथ आउँन बाँकी रहे पनि कमरेड पौडेलका परिवारका सदस्य तथा गाउँले जनताले पौडेललाई कब्जामा लिएर हत्या गरिएको ब्यहोराको पुष्टि गरेका छन् ।
सो घटनाका सन्दर्भमा सो पार्टीका महासचिव बिप्लवले वक्तव्य प्रकाशित गर्दै पौडेललाई महान् सहिद घोषणा गरेका छन्, उनले मानअधिकारवादी तथा बुद्धिजीवीहरूलाई निष्पक्ष छानबिनका लागि दबाब दिन पनि आग्रह गरेका छन् । त्यसै गरी कार्यकर्तालाई सक्रिय रक्षाको स्थितिमा रहन आह्वान गर्दै सङ्घर्षका विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।
भिडियो फिचरview all