ताजा समाचारपिसिपी र सरकारबीच युद्धविराम भङ्गको स्थिति
दुतेर्ते सरकारको दोहारो चरित्र निन्दनीय भएको र यसले आफ्नो वर्गचरित्र देखाएको कारण कुनै पनि बेला युद्धविराम भङ्ग हुन सक्ने भनी फिलिपिन्स कम्युनिस्ट पार्टी ले जनमुक्ति सेनालाई एलर्टमा राखेको छ ।
यसैबीच ‘नेसनल डेमोक्रेटिक फ्रन्ट अफ पिलिपिन्स’ का तर्फबाट सरकारसित वार्ताको नेतृत्व गरिरहेका वार्ता संयोजक फिडेल आकाउलीले एक वक्तव्य प्रकाशित गर्दै सरकारका पछिल्ला गतिविधिहरू त्यसमा पनि जनहत्यारा मार्कोसलाई नायकका रूपमा मानेर राजकीय सम्मान दिने नियत ठीक नभएको र यो सरकार र ‘नेसनल डेमोक्रेटिक फ्रन्ट अफ पिलिपिन्स’ बीच सन् १९९८ को सम्झौता विपरीत भएको भन्दै दुतेर्ते सरकार जनताका भावनाभन्दा बाहिर गएर शान्तिवार्ता भङ्ग गराउने बहाना खोजिरहेको छ भनेका छन् । उनले मार्कोसलाई सम्मान दिनु भनेको मार्सल ल को समयमा राज्यआतङ्कको सिकार भएका जनताप्रतिको अपमान हो भनेका छन् ।
भिडियो फिचरview all


