ताजा समाचारफासिवादी दमनको चौतर्फी विरोध
पछिल्ला दिनमा पश्चिम नेपालका विभिन्न स्थानलगायत काठमाडौँमा भएका चुनाव बहिष्कार सभामाथि प्रतिक्रियावादी सरकारले फासिवादी शैली अँगालेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार सहित केन्द्रीय र प्रदेशनेताहरूलाई गिरफ्तार मात्र नगरी प्रचार सामग्रीको लूटपाटसमेत गरेको छ ।

हिजो मात्रै प्रहरीले काठमाडौँको चाहबिलमा भएको सभाबाट नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) की केन्द्रीय सदस्य तथा काठमाडौँ इन्चार्ज शारदा महत, केन्द्रीय सदस्य शिव श्रेष्ठ, प्रदेश नेता ढोगप्रसाद अधिकारीलगायत शेखर आचार्य, मिनकुमार मगर, सपना श्रेष्ठ, कमला चन्दलाई गिरफ्तार गरेको छ । यसै गरी मोरंगमा सो पार्टीका केन्द्रीय सदस्य बिमल निरौलासहित विद्यार्थी नेतालाई घरैबाट गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण किसिमले भएका कार्यक्रममा प्रहरीद्वारा गरिएको दमनप्रति अहिले चौतर्फी विरोध भएको छ । यसै क्रममा सो पार्टीको पोलिटब्युरो सदस्य तथा ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले एक वक्तव्य प्रकाशित गरी दमन नरोके प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

भिडियो फिचरview all


