menu

ताजा समाचार

मेरो सम्झनामा कमरेड रामवृक्ष यादव

मेरो सम्झनामा कमरेड रामवृक्ष यादव
भक्तबहादुर श्रेष्ठ

दिन बित्न त केही बेर लाग्दो रहेनछ । हिजो जस्तो लाग्छ कमरेड रामवृक्षसँग विछोड हुनुपरेको । आज जनादेश पत्रिकाबाट कमरेड रामवृक्षको पाँचौं स्मृतिको उपलक्ष्यमा तपाईँले एउटा संस्मरण लेखिदिनु पर्यो  भनेर फोन आएपछि मात्र झल्याँस्स भएँ । ओहो ! वर्ष बितिसकेछन् प्रतिक्रियावादी वर्गका दलालहरूले हामीबाट कमरेड रामवृक्षलाई विछोड गराएको । त्यतिखेर उहाँको निमर्म हत्या भएको खबर पाउनासाथ निकै मर्माहत भएको थिएँ म । पत्यारै लागेको थिएन ।  कसरी वहाँको हत्या हुनसक्छ, नहुनु पनि सक्छ, यस्तै कौतुहलता भएको थियो मेरो मनमा । वास्तविकता भनेको वास्तविकता नै हो । नचाहेर पनि तीतो सत्य भएको थियो । त्यसबेला कमरेड रामवृक्ष मेरो मानसपटलमा धेरै दिनसम्म घुमिरहनु भयो । 

रामवृक्ष यादव एकजना सरल र सौम्य कमरेड हुनुहुन्थ्यो । आम जनता र श्रमिक वर्गको रगत चुसेर मोटाएकाहरू र मोटाउन चाहनेहरूका लागि उहाँ एउटा भयङकर पात्र देखिनुहुन्थ्यो । जबसम्म रामवृक्ष जिउँदो रहन्छ, तबसम्म हाम्रो खैरियत छैन भन्ने जनताका दुस्मन वर्गको भनाइ थियो । कायरहरूले गौँडा ढुकेर, एक्लो पारेर वहाँको निमर्म हत्या गरेका थिए । उहाँको हत्या गरेपछि निर्धक्क भएर सास फेर्न पाइन्छ, ढलीमली गरेर आफनो वर्गीय स्वार्थ पूरा गर्न पाइन्छ भनेर प्रतिक्रियावादीहरूले उहाँको हत्याको षडयन्त्र रचे र हत्या गर्न सफल भए । तर उनीहरूको त्यो आशा र मनोकाङक्षा पूरा भएन र हुन पनि सक्तैन । किन भने एउटा रामवृक्षको हत्या गरे त्यसको रक्तबीजले हजारौँ रामवृक्षहरूले जन्म लिनेछन† र लिइ पनि रहेका छन† । उहाँको भौतिक शरीर ढले पनि रामवृक्षले लिएको विचार झन† मौलाउँदै गएको मैले अनुभूति गरेको छु । कमरेड रामवृक्ष एउटा व्यक्ति मात्र नभएर देश र जनताको आस्थाको पुञ्ज बन्नुभएको थियो । त्यसैले उहाँको मृत्यु पहाडभन्दा पनि गह्रौँ बन्नगएको हो । उहाँ ढले पनि त्यो विचार, त्यो क्रान्तिकारी आस्था ढलेको छैन । त्यो रक्तवीज भएर फैलिएको छ ।

उहाँसँग मेरो पहिलो भेट, तिथिमिति त थाहा छैन ०३७ सालतिर भएको हो । ०३६ सालमा जनकपुर अञ्चलमा प्रतिक्रियावादी तानाशाही पञ्चे शासक वर्गले क्रान्तिकारीहरूप्रति निमर्म दमन गरी हत्याकान्ड मच्चाएको थियो । कमरेड रजन मगर, कमरेड दुर्गा सुवेदी कमरेड आदिको हत्या गरिसकेको थियो । खासगरी हामी नेकपा (चौथो महाधिवेशन) काहरूलाई विशेष निसाना बनाएको थियो । पार्टीले त्यसबेला आक्रमण होइन, रक्षात्मक नीति लिएको थियो । जसरी हुन्छ आफनो शक्ति जोगाउनुपर्छ भनेर पार्टी लागेको थियो । ०३६ सालको हत्याकान्डपछि ६ महिनासम्म कमरेड आजादको पार्टीसँग सम्बन्ध भएन र उहाँ बेपत्ता हुनु भएको थियो । पार्टीले उहाँको हत्या भएको आशङका गरिरहेको थियो । तर ६ महिनापछि उहाँ देखापर्नु भयो । उहाँलाई के लागेको रहेछ भने पार्टीले पनि आक्रमणको नीति लिनेछ ।  तर त्यसो पनि भएन र उहाँले पार्टीसँग सम्पर्क गरी त्यस्तो विचार पनि दिनुभएको थिएन । त्यसै सिलसिलामा बुझन त्यतातिर जाँदा धनुषा जिल्लाको बैठकमा सर्वप्रथम कमरेड रामवृक्षसँग मेरो राम्रो परिचय भएको थियो ।

 त्यसै बखतदेखि कमरेड रामवृक्षसँग मेरो राम्रो परिचय भई उहाँको विचार, उहाँको दृढता, उहाँको लगनशीलता, कार्यदक्षताप्रति म ज्यादै प्रभावित भएको थिएँ । त्यसबेला त्यस जिल्लामा उहाँलाई सबैभन्दा विचारमा परिपक्व र सिद्धान्तनिष्ठ क्रान्तिप्रति अगाध विश्वास भएको व्यक्तिको रूपमा मैले पाएको थिएँ । त्यही निष्ठा र लगनशीलताले उहाँ किसानको केन्द्रीय समितिमा पछि गएर संयुक्त जनमोर्चाको केन्द्रीय समितिमा र अन्त्यमा पार्टीको केन्द्रीय समितिमा समेत पुग्न सफल हुनुभएको थियो । सुरुमा उहाँ शिक्षक हुनुहुन्थ्यो । तर पछि त्यो पेशा नै छोडेर आफ†नो जीवन नै सङगठनमा समर्पित गर्नु भएकाले उहाँ जनतामा झन्झन्लोकप्रिय बन्दै जानुभयो र प्रतिक्रियावादी वर्गका लागि उहाँ काँढा नै बन्नुभयो भने जनताका लागि भने मुटुको ढुकढुकी ।

मैले उहाँसँग धनुषा जिल्लाको गाउँगाउँमा घुम्ने मौका पाएको छु । उहाँले गर्दा नै तराईको रहनसहन संस्कृति बुझ†ने मौका पाएँ । म उहाँसँग जुन गाउँमा गएँ, त्यस ठाउँका किसानहरूले उहाँमाथि अगाध विश्वास गरी श्रद्धा व्यक्त गरेको, उहाँको स्वागत गरेको देखँ । उहाँसँग जाँदा एउटा घटना कहिल्यै बिर्सन सक्तिन । जुन घरमा गयो, त्यहाँ पहिले लोटामा पानी ल्याइदिन्थे । म चाहिँ त्यो पानी खान ल्याएको होला भनेर पिइदिन्थेँ । त्यसबेला उहाँले केही भन्नु भएन । तर धेरै पछि उहाँले मलाई भन्नुभयो– “कमरेड, तपाईँले ठूलो गल्ती गर्नुभएको छ, त्यो पानी ल्याएको अर्थ ठूलो सम्मान हो र त्यो पानीले हातगोडा धोएपछि मात्र आसन ग्रहण गर्नुपर्छ । तपाईँले त्यसो नगरी पिइदिनु भयो । यो उनीहरूले ठूलो अपमान सम्झिन्छन् । म नभएको भए तपाईँलाई बासै दिँदैनथे” । त्यसो भनेपछि म छाँगाबाट खसेजस्तै भएँ । त्यसपछि मैले उहाँलाई नै दोष दिँदै भने, यो तपाईँको दोष हो ।  यस्तो कुरा मलाई के थाहा ? तपाईँले सम्झाउनु पथ्र्यो । उहाँले त्यसलाई सहर्ष स्वीकार गर्नुभयो । त्यसपछि उहाँले। मलाई तराईको चालचलन–रीतिस्थितिको बारेमा धेरै कुरा बुझाउनु भयो । एउटा गुण मैले उहाँमा के पाएको थिएँ भने कसैले उहाँमा भएको कमजोरी औँलाइदिएमा तुरुन्तै त्यसलाई स्वीकार गरेर सच्याइहाल्नु हुन्थ्यो । यस्तो गुण हामीहरूमा कमै मात्र पाइन्छ 

उहाँ जहाँजहाँ जानुहुन्थ्यो, त्यहाँ रानोलाई माहुरीले घेरेजस्तै जनताले उहाँलाई घेर्थे र आआफना समस्याहरू राख्थे, अनेकौँ जिज्ञासाहरू पोख्थे । उहाँले त्यसलाई सरल ढङ†गले सम्झाउनु हुन्थ्यो । त्यसैले जनतासँग भिज्ने राम्रो गुण भएको व्यक्तिको रूपमा मैले उहाँलाई पाएको थिएँ । गाउँगाउँमा उहाँसँग जाँदा किसानहरूलाई भेला गरेर मलाई जनताको कुरा बुझ†ने र जनताका मनका कुरा मसँग प्रश्न गर्न लगाउनु हुन्थ्यो । म मैथिली भाषा राम्रोसँग बोल्न नसक्ने भएकाले नेपाली भाषाका कुराहरू नबुझ†न पनि सक्छन् भनेर उहाँले मैथिली भाषामै मैले भनेका कुराहरू राम्ररी व्याख्या गरेर सुनाउनुहुन्थ्यो गाउँलेलाई । त्यो सुनाउँदा मैले भनेको भन्दा पनि अझ राम्ररी व्याख्या गरेर सुनाउँनुहुन्थ्यो । यसबाट म साह्रै प्रभावित भएको थिएँ । जनताका बीचमा यसरी नै जाने हो भने जनतालाई आमूल परिवर्तनको दिशामा लैजान धेरै समय लाग्ने छैन भने प्रभाव ममा तीव्र रूपमा परेको थियो । उहाँको यही गुण देखेर नै त्यहाँका प्रतिक्रियावादीहरू अत्तालिएर उहाँको षड†यन्त्रपूर्ण ढङ†गले हत्या गर्ने दुस्साहस गरे ।

कमरेड रामवृक्ष जननेता मात्र हुनुहुन्थेन, उहाँ जनताका क्रान्तिकारी कवि पनि हुनुहुन्थ्यो । उहाँले रचेका गीत, कविता त्यहाँका जनताका मुखमुखमा झुन्डिएको पाएको छु । उहाँ क्रान्तिकारी गीत रच्ने र त्यसलाई हार्मोनियममा आफैँ गाउने गायक पनि हुनुहुन्थ्यो । उहाँका गीत र कविताहरू कोरा मनोरञ्जन दिने खालका नभएर जनतालाई बाटो देखाउने र चिसो रगतलाई तताएर क्रान्तिको बलिवेदीमा होमिन जगाउने जोसपूर्ण भावका हुन्थे । यस हिसाबले उहाँ बहुप्रतिभाका धनी हुनुहुन्थ्यो । निम्न वर्गको सदस्य भएकाले उहाँलाई जहिले पनि आर्थिक कठिनाइले गाँजेको हुन्थ्यो । तर यसले उहाँमा कहिल्यै पनि निराशा जगाएको पाइँन । आफ†नो पारिवारिक कठिनाइलाई उहाँले समस्याको रूपमा लिनु भएन । उहाँ भन्नुहुन्थ्यो - “यस्तो कठिनाइ हाम्रो देशका जनताको आम रोग नै हो र यसबाट भाग्न थालियो भने देशलाई यो रोगबाट मुक्त पार्न सकिँदैन”।  कठिनाइहरूलाई हाँसीहाँसी झेलेर पनि उहाँ हमेशा क्रान्तिको लागि अघि बढ†नुभयो । उहाँ संशोधनवाद, नवसंशोधनवाद र विसर्जनवादीहरूबाट क्रान्तिकारी दिशामा धक्का परेकोमा आक्रोश व्यक्त गर्नुहुन्थ्यो । उहाँमा अलिकति पनि विचलित हुने मानसिकता देखिएन, सदैव क्रान्तिकारी आशावादका साथ क्रान्तिलाई हेर्नुहुन्थ्यो । एउटा सर्वहारा वर्गीय नेतामा हुनुपर्ने गुण उहाँमा मौजुद थिए । दृढ विचार, प्रतिबद्धता, जनसम्बन्ध र जनपरिचालन उहाँका विशेषता थिए ।

उहाँमा निडरपन, साहस र धैर्यता पनि त्यत्तिकै मात्रामा थियो भन्ने कुरा धनुषा जिल्लामा भएका वर्गसङ†घर्षका घटनाहरूले साबित गरेका छन† । एकचोटि त्यहाँ प्रतिक्रियावादी वर्गका दलालहरू र किसानहरूका बीच घमासान मुठभेड भयो । त्यसमा उहाँ अग्र भागमा उभिएर प्रतिक्रियावादीहरूका विरुद्ध जुध्नुभयो, मुठभेडको नेतृत्व गर्नुभयो । यो पञ्चायती कालरात्रीको बेला थियो । प्रहरीप्रशासन ती दलालहरूका पक्षमा हुने नै भयो । त्यस सङघर्षमा उहाँको खुट्टा मर्कियो र गिरफतार हुनुभयो । खुट्टा भाँच्चिएको व्यक्ति पनि रातमा प्रहरीको घेरा तोडेर भाग्न सफल हुनुभयो । उहाँलाई झुठा मुद्धामा फसाउने र जेलमा नै जीवन समाप्त पार्ने प्रतिक्रियावादीहरूको चाललाई चकनाचुर पारेर भाग्न सफल हुनु कम साहसको कुरा थिएन । यसपछि उहाँ लङगडो खुट्टा लिएर हामी बसेको ठाउँ गोरखपुरमा आइपुग्नुभयो । यस्तो साहस र चातुर्य देखेर हामी छक्क पर्यौ । गोरखपुरमा उपचार गरेर बिसेक भएपछि आफ†नै क्षेत्रमा लगनशीलतापूर्वक उहाँ काममा लाग्नुभयो । हाम्रा कयौँ कम्युनिस्ट नेताहरूले लोभलालचमा फसेर र कठिनाइबाट भागेर प्रतिक्रियावादी वर्गका सामु आत्मसमर्पण गरेका छन् । मीठो खान र राम्रो लाउन सुखसुविधाको जीवन भोग्नका लागि देश बेच्न पनि उनीहरू तम्सिने गरेका छन्, तर कमरेड रामवृक्षले प्रतिक्रियावादी वर्गको दमन र लोभलालचामा फसेर आत्मसमर्पण गर्नु भएन । उहाँ उनीहरूको धाकधम्कीसित कहिल्यै झुक्नु भएन, हमेशा शिर ठाडो पारेर सहादत प्राप्त गर्नुभयो ।

भदौ २ गते उहाँले सहादत प्राप्त गर्नु भएको दिन हो । उहाँको स्मृति दिवस मनाउनु भनेको पितृ श्राद्ध गरेको जस्तो औपचारिकता पूरा गर्नु होइन । आजको दिनलाई उहाँका योगदान र गुणको कदर गर्दै र त्यसलाई आत्मसात गर्दै जनता जगाउने माध्यमका रूपमा लिनुपर्छ । क्रान्तिप्रतिको प्रतिबद्धता र बलिदानीभावका साथ अधि बढे मात्र उहाँप्रति सही सम्मान र सदभाव व्यक्त भएको ठहर्छ ।

(  संक्षेपीकरणसहित : भक्तबहादुर श्रेष्ठका रचना, भाग २ (२०७१) बाट)
भिडियो फिचरview all