menu

ताजा समाचार

'कलम' मा लु सुन र रामवृक्ष यादब

'कलम' मा लु सुन र रामवृक्ष यादब 

भदौ २, २०५१ पार्टीले नेपाल बन्दको कार्यक्रम राखेको थियो । बिराटनगरमा पूर्वी क्षेत्रको भेटघाट र कार्यक्रम सम्बन्धी जानकारी दिएर कमरेड रामवृक्ष यादव जनकपुर फर्किनुभयो । त्यसपछि स्थानीय प्रशासन र काङ्ग्रेसी गुन्डा मिलेर कमरेड रामवृक्ष यादवको निर्मम किसिमले  हत्या गरेको समाचार थाहा पायौँ । कमरेड रामवृक्ष यादब पार्टीको माथिल्लो निकायमा हुनुहुन्थ्यो र एक जना जुझारु सांस्कृतिक योद्धा पनि हुनुहुन्थ्यो । उहाँको ‘पेरूमेँ लाल झण्डा फहराइ रे..’ गीत निकै लोकप्रिय थियो । अनि सांस्कृतिक मोर्चाका तर्फबाट उहाँको सम्झनामा ‘कलम’ साहित्यिक पत्रिकाका माध्यमबाट केही गर्नुपर्छ भनेर तयारीमा लाग्यौँ । हाम्रा लागि त्यतिखेर उहाँका रचना सामग्री के–कति र कहाँ छन् भन्ने कुराको राम्रो जानकारीको पनि समस्या थियो । 

पार्टीको स्रोतबाट फोटो प्राप्त गर्यौँ् । साथै उहाँबारे सबैभन्दा बढी जान्ने पार्टी नेता कमरेड गौरव नै हुनुहुन्थ्यो । त्यसपछि रामवृक्ष यादवका केही रचना उपलब्ध गगाराउन र उहाँबारे लेख्न भन्यौँ । जोडजाड गरेका रचनासामग्री पनि  थोरै थिए । अनि हामीले असोजको पहिलो हप्ता चिनियाँ नयाँ जनवादी सांस्कृतिक आन्दोलनका अगुवा लु स्युनको स्मृतिसमेतलाई समेटेर ‘कलम’ मार्फत उहाँको सम्झना गर्यौँड । यस अङ्कमा कमरेड गौरव अर्थात् सिपी गजुरेलको ‘साहित्यिक आलोकमा रामवृक्ष यादव’, शीर्षकको  महत्त्वपूर्ण स्मरणात्मक लेख छ र रामवृक्ष यादब लिखित ‘पेरू मेँ लाल झण्डा’ समाविष्ट गरिएको छ । त्यतिखेर ‘कलम’ को सम्पादक कृष्ण सेन ‘इच्छुक’ हुनुहुन्थ्यो र सल्लाहकारमा शक्ति लंसाल, शारदारमण नेपाल र डा. ऋषिराज बरालहरू थिए ।  यो एउटा तत्कालको सम्झना मात्र थियो, पछि त 'स्मृति ग्रन्थहरू' प्रकाशित भएका छन् ।प्रस्तुत छ कलमको सम्पादकीयको एउटा अंश :

…अहिलेको आवश्यकता भनेको   प्रतिक्रियावादी तथा अवसरवादीहरूका सबैखाले भ्रमजाललाई चिर्दै देश, जनता र क्रान्तिको सर्वोच्च हितमा राष्ट्रियता र जनतन्त्रका सङ्घर्षलाई अविराम अगाडि बढाउँदै लैजानु हो । नेपाली जनताको वास्तविक मुक्ति र उज्वल भविष्यको निर्माणका लागि नयाँ विश्वास र नयाँ सङ्कल्पको ऊर्जाका साथ हरेक सङ्घर्ष र आन्दोलनलाई नयाँ जनवादी क्रान्तिकै अभिन्न अङ्गका रूपमा जोडेर विश्व समाजवादी आन्दोलनलाई समेत टेवा पुर्यायउन आजका क्रान्तिकारीहरू र तिनका सहकर्मी योद्धाहरूको प्रमुख दायित्व हो । साहित्य र कला पनि वर्गसङ्घर्षकै धारिलो हतियार हो । हाम्रो साहित्यिक एवं सांस्कृतिक आन्दोलन पनि त्यसै दिशामा परिलक्षित हुनुपर्दछ । साथै यसले नयाँ जनवादी क्रान्तिको सफलताका लागि विचारधारात्मक रूपले आधार तयार पारेर सहयोगको भूमिका निर्बाह गर्नुपर्दछ । 

अन्त्यमा यही महान् ध्येयका लागि आफ्‌नो सम्पूर्ण जीवन देश, जनता र क्रान्तिमा समर्पण गर्ने योद्धा जो भाद्र २ गते प्रतिक्रियावादीहरूको कायरतापूर्वक हत्याको सिकार हुनुभयो, आदरणीय सहिद कमरेड रामवृक्ष यादवप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँ लोकप्रिय राजनेता र प्रगतिवादी सांस्कृतिक योद्धा मात्रै नभएर शोषितपीडित नेपाली जनताका प्रिय एवं विश्वसनीय मित्र हुनुहुन्थ्यो ।  कमरेड यादवका क्रान्तिकारी गीतहरूले मुक्तिकामी नेपाली जनतालाई वर्गसङ्घर्षको लडाइँमा वैचारिक हतियार बनेर क्रान्तिकारी प्रेरणा र सहयोग दिइरहनेछन् । 
(कलम : वर्ष२, अङुक ४, पूर्णाङ्क ६, असोज २०५१ बाट) ।
भिडियो फिचरview all